घटना-दुर्घटना

शिकार खेल्न गएका एककाे गाेली लागेर मृत्यु

इकागज |
जेठ १४, २०७९ शनिबार १४:२४ बजे

बुटवल । दाङमा शिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ। जिल्लाको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु हो ।

मृत्यु हुनेमा लमही नगरपालिका-१ निवासी भागबहादुर पुन रहेका छन् । पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंँदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए । पुनको घाटीमा गोली लागेको छ ।


उनको शव लमही अस्पतालमा राखिएको छ । मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x