घटना-दुर्घटना

ट्रक र मिनीट्रक ठोक्किँदा आगलागी

इकागज |
जेठ १४, २०७९ शनिबार १८:११ बजे

मकवानपुर । दुई वटा सवारी आपसमा ठोक्किँदा आगलागी भएर सवारीमा क्षति भएको छ । मकवानपुर र बारा जिल्लाको सिमानाबाट बारा तर्फ झण्डै डेढ किलोमिटर पर घटना भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया अमलेखगञ्ज सडकखण्डको बारा जिल्लाको ३ नम्बर पुलमा ट्रक र मिनी ट्रक एक आपसमा ठक्कर खाएको थियो । 


हेटौंडाबाट बारा तर्फ जाँदै गरेको ना. ६ ख ३२८६ नम्बरको ट्रक र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना. ६ ख ४२४२ नम्बरको मिनी ट्रक ३ नम्बर पुलमा एकआपसमा ठक्कर खाँदा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रकमा क्षति भएको छ । 

मकवानपुर र बारा प्रहरीको सहयोगमा हेटौंडाबाट गएको वारुण यन्त्रले आगलागी नियन्त्रणमा गरेको हो । दुर्घटनाबाट पूर्व पश्चिम राजमार्ग केही समय अवरुद्ध भएको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको तर मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x