घटना-दुर्घटना

विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव भेटियो

धनबहादुर गुरुङ |
जेठ १६, २०७९ सोमबार १६:१ बजे

पोखरा - मुस्ताङको थसाङ गाउँपालिका-२ को सानोस्वारे भीरमा तारा एयरको यात्रुवाहक जहाज दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव भेटिएको छ । 

स्थानीय इन्द्र शेरचनका अनुसार १६ वटा शव कोबाङ झारिसकेको छ भने ६ वटा शव मौसम प्रतिकूलताका कारण तल झार्न सकिएको छैन् । अहिले उक्त स्थानमा मौसम प्रतिकूल देखिएको छ । 


आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा १९ यात्रु र तीन चालक दलका गरी २२ जनाको मृत्यु भएको छ । 


Author

थप समाचार
x