घटना-दुर्घटना

सुनसरीमा ट्रयाक्टरको ठक्करबाट मोहनलालको मृत्यु

इकागज |
असार २, २०७९ बिहीबार १५:४८ बजे

सुनसरी - सुनसरीको गढी गाउँपालिका–३ मा आज ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका–६ का ५२ वर्षीय मोहनलाल माझी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


घाइते भएका मोटरसाइकल चालक ५४ वर्षीय शिव नारायण चौधरीको पार्वती मेमोरीयल अस्पताल छिटहामा उपचार भइरहेको छ । 

प्रदेश १ ०२ ००३ त १७५२ नम्बरको ट्रयाक्टरले को ३ प २५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारी साधन सहित ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको  छ ।


Author

थप समाचार
x