घटना-दुर्घटना

दुर्घटनामा दुई जनाको ज्यान गयो

इकागज |
असार ४, २०७९ शनिबार १३:२५ बजे

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिकामा मालबाहक गाडी दुर्घटना भएको छ । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक आज विहान गुर्भाकोट नगरपालिका ९ पातिकाल्नामा दुर्घटनामा परेको हो ।

गुर्भाकोट आज बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीका अनुसार ट्रक भित्र च्यापिएको अवस्थामा रहेको दुईवटै शवको उद्धार गरिएको तर नाम पुष्टि भइनसकेको बताए ।


दुई जना नै जाजरकोटका रहेको खुलेको घर्तीले जनाए । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।


Author

थप समाचार
x