घटना-दुर्घटना

रुकुम पश्चिमको​ रिम्‍ना जाँदै गरेको जीप भेरी नदीमा खस्यो, चालक र सहचालकको मृत्यु

इकागज |
असार ५, २०७९ आइतबार ६:१५ बजे

सुर्खेत - रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो ।


प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको थियो ।


Author

थप समाचार
x