घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

इकागज |
असार ६, २०७९ सोमबार १५:१८ बजे

प्रतिकात्मक तस्वीर

मोरङ- मोरङको बेलबारी नगरपालिका–११ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् । गम्भीर घाइते भएका कुसुमलाललाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । 


घाइते भएका मोटरसाइकल पछाडि सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ । घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउँसो सवा १२ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

 


Author

थप समाचार
x