घटना-दुर्घटना

डडेल्धुरामा खोलाले बगाउँदा विद्यालयबाट फर्किएका एक बालकको मृत्यु

इकागज |
असार ७, २०७९ मंगलबार १७:६ बजे

फाइल तस्बिर

डडेल्धुरा- डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका-११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन् ।

पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए ।


बगेको ठाउँबाट ५०/६० मिटर तल निराजनको शव फेला गरेको उनले बताए । खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरूमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन् ।

रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । प्रअ जोशीका अनुसार रेशमको अवस्था गम्भीर छ ।


Author

थप समाचार
x