घटना-दुर्घटना

जसले लिफ्ट मागे उनैले हातखुट्टा बाँधेर कार लुटे

इकागज |
असार १३, २०७९ सोमबार १४:१८ बजे

कैलाली । आइतबार दिउँसो करिब १ बजेतिर गोदावरी नगरपालिका ४ भीमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाँधेको अवस्थामा एकजना मानिस फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारी राजमार्गदेखि करिब १०० मिटर तर भिरमा हातखुट्टा बाँधेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयले भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगरदेखि ३ जना भारतीय मुलका नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१ - २३ च ६०२१ नम्बरको जीपमा चढेको बताए ।


गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाँधेर भण्डारीलाई सडकदेखि तल पुर्‍याएर जीप लिएर फरार भएको भण्डारीले बताएको डिएसपी पाण्डेयले बताए । भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग रहेको मोबाइल, पर्स र नगद ५ हजार रुपैया समेट लुटेर लगेको डिएसपी पाण्डेयले भण्डारीले जानकारी दिएको बताए । गाडीसहित फरारको खोजी भइरहेको उनले बताए ।


Author

थप समाचार
x