घटना-दुर्घटना

गछिया खोलाले बगाउँदा मोरङमा एकजनाको मृत्यु

इकागज |
असार १४, २०७९ मगलवार १६:० बजे

विराटनगर - मोरङको गछिया खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सुन्दरहरैचा(६ का  ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा उनको शव फेला पारेको जनाइएको छ । सोमबार बिहानैदेखि परेको अविरल बर्षाले मोरङका अधिकांश खोलानालामा बाढी आएको छ । 


बस्तीहरु डुबानमा परेका छन् । जोखिम बढेका क्षेत्रमा नेपाल प्रहरीले उद्धार गरिरहेको जनाइएको छ ।
 


Author

थप समाचार
x