घटना-दुर्घटना

चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु

इकागज |
असार १५, २०७९ बुधवार २०:४० बजे

बागलुङ- चट्याङ लागेर बागलुङको काठेखोला गाउँपालिका-४ मा एक महिलाको मृत्यु भएको छ । तंग्रामको फापरखेत घर भएकी २८ वर्षीया शुष्मा पुनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा खाना बनाइरहेको अवस्थामा चट्याङ लागेको र गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।



Author

थप समाचार
x