घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

इकागज |
असार १६, २०७९ बिहीबार २०:१५ बजे

मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ राधाकृष्ण मन्दिर नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार दिउँसो कान्तिलोकपथ राजमार्ग अन्तर्गत क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नंबरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००४ प १५९९ नंबरको मोटरसाइकल राधाकृष्ण मन्दिर नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।


दुर्घटनामा बागमती प्रदेश ०३-००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ फुर्केचौर का २५ वर्षीय विशाल थापाको उपचारको क्रममा दिउँसो संचय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा ना ५१ प ७३५९ नंबरको मोटरसाइकलका २५ वर्षीय लक्ष्मण आचार्य र हेटौंडा-१८ का २३ वर्षीय सुमन थापा घाइते भएका थिए । थापाको उपचारका क्रममा मृत्यु भएको र आचार्यको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Author

थप समाचार
x