घटना-दुर्घटना

मकवानपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

इकागज |
असार १७, २०७९ शुक्रबार १९:५१ बजे

हेटौंडा- मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौंडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडकबाट अन्दाजी २००/२५० मिटर तल खसेको थियो ।


मृत्यु हुनेमा ट्रक चालक भारतको पट्ना जिल्ला महाबलिपुर बस्‍ने ४० वर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ । ट्रक चालकको शव गाडीको स्टेरिङमा अड्केर रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्‍ने १८ वर्षीय अजित यादव भने हामफालेर बाचेको जनाइएको छ ।


Author

थप समाचार
x