घटना-दुर्घटना

वर्षाका कारण पर्खाल भत्किँदा एक जनाको मृत्यु

इकागज |
असार १९, २०७९ १४:१९ बजे

डोल्पा- शे–फोक्सुण्डो गाउँपालिका–३ बस्ने टसि तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षातको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा घरमा मजदुरी काम गरी बस्ने जाजरकोट नलगाड नगरपालिका–७ घर भएका ३१ वर्षीय भरत बिक रहेका छन् । उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।



Author

थप समाचार
ad
x