घटना-दुर्घटना

बैतडीमा चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते

इकागज |
असार १९, २०७९ आइतवार २१:३८ बजे

बैतडी- बैतडीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका २ बडियाकी ४० वर्षीया सुनादेवी बिष्ट रहेकी छन् । अपरान्ह ४ बजेतिर तिर चट्याङ लागेर बिष्ट घाइते भएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर उनले पालेका ३ बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवंम प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।


घाइतेको स्थानीय मेडिकलमा उपचार गरिएको छ । चट्याङका कारण घरको वाईरिङमा क्षति भएको स्थानीयवासी काशी सिंह बिष्टले बताए । 

चट्याङ लागेर शनिबार दोगडाकेदार ७ मा एक भैंसी समेत मरेको थियो ।


Author

थप समाचार
x