घटना-दुर्घटना

हुम्लामा हिँड्दा हिँड्दै एक महिलाको मृत्यु

इकागज |
असार २०, २०७९ सोमवार १८:१३ बजे

फाइल फोटो

हुम्ला - खार्पुनाथ गाउँपालिका–३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् । 

प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा ज्यान गएको जनाएको छ ।


आइतबार बिहान ९ बजे घरबाट सिमकोटका लागि हिँडेकी उनी सिमकोटनजिकै मेलगुडीमा चार बजेतिर बेहोस भएको र त्यसपछि गाडीमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आज अन्तिम संस्कार गरिएको छ।


Author

थप समाचार
x