घटना-दुर्घटना

काठमाडौं आउँदै गरेको बस रामेछापको खनियापानीमा दुर्घटना

इकागज |
असार २१, २०७९ मगलवार ११:३९ बजे

काठमाडौँ - रामेछापको सुनापति गाउँपालिका-५ खनियापानीमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर राजुप्रसाद ढकालले मानवीय क्षति समेत भएको जानकारी दिए । तर, यसबारे यकिन विवरण भने आइनसकेको उनको भनाइ छ । २१ जना घाइतेलाई भने उद्दार गरी अस्पताल पुर्‍याइएको उनले बताए । 


दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 


Author

थप समाचार
x