घटना-दुर्घटना

चट्याङ लागेर २ को मृत्यु, १३ जना घाइते

इकागज |
असार २१, २०७९ मंगलबार १५:५ बजे

फाइल फोटो

काठमाडौं - एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन् । 


प्युठानको ऐरावती– ६ बिजुलिकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । 

सोही स्थानमा चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरुको उपचार अहिले जिल्ला अस्पतालमा भइरहेको छ । 

प्युठानकै ऐरावती–१ महारानी बस्ने एक बालिका र तीन जना महिला पनि सोमबार चट्याङ लागेर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ स्थित एक कच्ची घरमा चट्याङ पर्दा दुई जना घाइते भएका छन् । दैलेखकै महाबु गाउँपालिका–१ खैरिगैरामा परेको चट्याङ लागेर दुई जना घाइते भएका छन् । 


Author

थप समाचार
x