विराटनगरमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु
प्रतिकात्मक तस्वीर
मोरङ- मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।
ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया