युवक मृत फेला

फाइल तस्बिर
बैतडी- बैतडीको सुर्नया गाउँपालिका-७ का ३७ वर्षीय रघुवीर कुँवर मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा नं ७ रौतगाउँको गोराखला टोल घर भएका बिहान वडाको घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन् ।
पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँसो सामान किन्नका लागि स्थानीय चौथाली बजार गएका थिए । कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया