घटना-दुर्घटना

अश्लील सामग्री स्ट्रिमिङ गर्ने व्यक्ति पक्राउ

इकागज |
साउन २२, २०७९ १७:१८ बजे

फाइल फोटो

काठमाडौँ - सामाजिक सञ्जालमा नक्कली पार्श्वचित्र बनाइ लाइभ स्ट्रिमिङ मार्फत आपत्तिजनक अश्लीलता प्रदर्शन गरी मानसिक तनाव, दु:ख र हैरानी दिने एक व्यक्ति पक्राउ परेका छन् । लाइभ स्ट्रिमिङमा एक महिलाको अश्लील र आपत्तिजनक सामग्री प्रयोग गरिएको भन्दै उनलाई पक्राउ गरिएको हो। 

कपिलवस्तु घर भएका २९ वर्षीय मोहन कुवँरलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई इलाका प्रहरी कार्यालय गोरुसिंडे, कपिलवस्तुको सहयोगमा पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले दिन पाँच म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ।



Author

थप समाचार
x