घटना-दुर्घटना

हुम्लामा भिरबाट खसेर एकजनाको मृत्यु

इकागज |
साउन २४, २०७९ मंगलबार २२:८ बजे

फाइल तस्बिर

सिमकोट- हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । अदानचुली-१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो । 

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका-१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए ।



Author

थप समाचार
x