घटना-दुर्घटना

कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

इकागज |
साउन २५, २०७९ बुधबार १८:७ बजे

फाइल फोटो

सर्लाही - पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

बुधबार बिहान कारको ठक्करबाट मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११, निवासी ३८ वर्षीय गुरुप्रसाद ढुंगेल गम्भीर घाइते भएका थिए । 


घाइते ढुंगेलको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको हो । ढुंगेल सवार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना३३प २२९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा७च ९२२२ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका ढुंगेलको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ढुंगेल हरिवन बजारस्थित घरबाट साढे ११ बजे खाना खाएर नयाँरोड पसलमा जाने क्रममा दुर्घटनामा परेको थिए ।

मृतक ढुंगेल नयाँरोडमा पशुपती मोटर पार्ट्स सञ्चालक हुन् । घटनामा संलग्न कार र कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव वीरगञ्जमै पोष्टमार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको हो ।


 


Author

थप समाचार
x