वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।
गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया