घटना-दुर्घटना

रुकुममा प्रहरीको गाडी पल्टिँदा एकको मृत्यु, डिएसपीसहित पाँच घाइते

इकागज |
साउन २८, २०७९ शनिबार १३:४१ बजे

प्रतिकात्मक तस्वीर

रुकुम - रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । मृतक सुरक्षाकर्मीको पहिचान खुल्न सकेको छैन ।    
    
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।    
    
गाडीमा चालकसहित नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए । सशस्त्रका डिएसपी श्रेष्ठसहित अन्य पाँचजना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।    
  



Author

थप समाचार
x