घटना-दुर्घटना

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इकागज |
साउन २९, २०७९ आइतबार ११:८ बजे

सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्रयाक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो । 


दुर्घटना पश्चात फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।


Author

थप समाचार
x