घटना-दुर्घटना

दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या, शव भारतीय ट्रेनको शौचालयमा

इकागज |
साउन २९, २०७९ आइतवार १७:५५ बजे

पक्राउ परेका दुई अभियुक्तहरु ।

पर्सा- बाराको बिश्रामपुर गाउँपालिका-५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका-५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेल रहेका छन् । 


प्रहरीका अनुसार राजकुमार ट्युसन पढ्न पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवातर्फ साइकल चढी गएपछि सम्पर्क विहीन भएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगन्ज महानगरपालिका-१६ नगवास्थित टेलर सञ्चालन गर्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो । 

थप अनुसन्धानका क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी भारत लगि छोडेको पटेल दाजुभाइले स्वीकारेका थिए ।

उनीहरुले शवलाई ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा  छोडेको प्रहरीले जनाएको छ । 

उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान ) मुद्दामा थप अनुसन्धान भइरहेको छ । 


Author

थप समाचार
x