घटना-दुर्घटना

गैंडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

इकागज |
साउन ३०, २०७९ १८:३६ बजे

फाइल फोटो

काठमाडौँ - नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१७ अमरापुरीमा आज स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सहित दुई जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय ७० वर्षिय मोहन बहादुर क्षेत्री रहेका छन् । 

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा परी स्कुटर चालक  ५० वर्षिय कलाधर सापकोटा र पछाडि सवार ५० वर्षिया नन्दकली सापकोटा घाइते भएका छन् । घाइते दुबैजनाको सोही अस्पतालमै उपचार भइरहेको छ ।


बागमती प्रदेश ०३ ००३ प ७०६३ नम्बरको स्कुटरले आज बिहान साढे ११ बजे पैदल हिडिरहेका क्षेत्रीलाई ठक्कर दिएर स्कुटर समेत पल्टिएको थियो ।



Author

थप समाचार
ad
x