घटना-दुर्घटना

ढोकाले किचेर भक्तपुरमा पाहुना आएकी बालिकाको मृत्यु

इकागज |
साउन ३०, २०७९ सोमवार २२:३ बजे

फाइल फोटो

भक्तपुर - मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ । 

स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो ।


ढोकाले किचेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।   


Author

थप समाचार
x