घटना-दुर्घटना

उदयपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
साउन ३१, २०७९ मंगलबार १३:५३ बजे

काठमाडौं - उदयपुरको कटारी  नगरपालिका–८ कुरिङभञ्याङमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ । 


कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।


Author

थप समाचार
x