घटना-दुर्घटना

आफ्नै स्कुलकाे बसले किचेर दुई वर्षीय विद्यार्थीको मृत्यु

इकागज |
साउन ३१, २०७९ १४:२३ बजे

फाइल तस्बिर

बारा- बाराको निजगढ नगरपालिका-६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षीय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


आज बिहान सवा ९ बजे विद्यासागर इंलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडिको चक्काले किचेको थियो । 

बससहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । 


Author

थप समाचार
ad
x