आफ्नै स्कुलकाे बसले किचेर दुई वर्षीय विद्यार्थीको मृत्यु

फाइल तस्बिर
बारा- बाराको निजगढ नगरपालिका-६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षीय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान सवा ९ बजे विद्यासागर इंलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडिको चक्काले किचेको थियो ।
बससहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया