घटना-दुर्घटना

बुटवलमा राजमार्ग किनारमा युवकको शव फेला

इकागज |
साउन ३१, २०७९ मंगलबार २०:० बजे

फाइल तस्बिर

रुपन्देही- पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल १२ नयाँगाउँको राजमार्ग किनारमा एक युवकको शव फेला परेको छ । 

सडक छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको शव फेला परेको हो ।


सडक छेउमा लु३६प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


Author

थप समाचार
x