घटना-दुर्घटना

लमजुङमा जिप दुर्घटना:  १५ घाइते, एकको अवस्था गम्भीर

इकागज |
भदौ १, २०७९ बुधबार २१:३६ बजे

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जादै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मस्र्याङ्दी गाउँपालिका २ का बर्ष ५३ की ईन्द्र देवी घलेलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।


घाइते हुनेहरुमा मस्र्याङ्दी २ का बर्ष ५२ का चित्र बहादुर गुरुङ, वडा नम्बर ६ का बर्ष  २३ का मिलन विक, वर्ष २५ का करिना सुनार, बर्ष २ का रिजन विक, बर्ष २५ का सोमनाथ विक यस्तै मस्र्याङ्दी २ का  बर्ष  ५६ का सुन माया गुरुङ,  बर्ष १९ का रेखा  विक, बर्ष ३१ का बुद्धी बहादुर गुरुङ, बर्ष ७ का राजिप गुरुङ, बर्ष ३४ का शिव कुमारी गुरुङ ,बर्ष २ का रियन्स गुरुङ , बर्ष ३० की मनु विक , वर्ष  ४ की कृतीका विक र  बर्ष ३१ का शेष बहादुर गुरुङ रहेका छन् । घाइतेको अवस्था सामन्य भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

घटनास्थलमा स्थानीय, स्थानीय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले घाइते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए ।  जिप चालक मस्र्याङ्दी गाउँपालिका २ बस्ने बर्ष ३६ का अजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x