घटना-दुर्घटना

कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा

इकागज |
असोज १, २०७९ शनिबार १३:२१ बजे

धनगढी । लगातारको वर्षासँगै आएको बाढीका कारण कैलालीमा करिब १५ सय घर परिवार डुबानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षत्रका पाँच पालिकामा डुबानका कारण नागरिकलाई समस्या भएको छ ।


जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा उक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेका छन् । ती स्थानमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सूचना अधिकारी जोशले बताए ।


Author

थप समाचार
x