घटना-दुर्घटना

पाँचखालमा ग्यास लिक भई आगलागी हुँदा जलेर भारतीयको मृत्यु

इकागज |
असोज ३, २०७९ सोमबार १७:१८ बजे

सांकेतिक तस्विर

काभ्रे - पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । 

आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । 


प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  


Author

थप समाचार
x