घटना-दुर्घटना

गोठाटारमा गोली चल्याे, एकजना घाइते

इकागज |
असोज ३, २०७९ सोमबार २०:२६ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको गोठाटारमा गोली चलेको छ । साेमबार साँझ गोठाटारको कृष्ण मन्दिर नजिकै गोली चलेको हाे ।

गोली प्रहारबाट एकजना घाइते भएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।


गोली लागेर सर्लाही गोडैता नगरपालिका-२ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएका हुन् । गोली प्रहार गरेर फरार रहेकाकाे खोजी भइरहेकाे प्रहरीले बताएकाे छ । कसले र किन गाेली चलायाे भन्‍ने कुराकाे जानकारी भने हुन सकेकाे छैन ।

घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।


Author

थप समाचार
x