घटना-दुर्घटना

गोठाटारमा गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति

इकागज |
असोज ४, २०७९ मंगलबार १९:२९ बजे

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटना अनुसन्धानका लागि विशेष समिति गठन भएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति गठन भएको हो । समितिमा ५ जना छन् । 


सोमबार साँझ घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो । 

मोहम्मदको हत्यामा संलग्न भएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । 

गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए । उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।


Author

थप समाचार
x