घटना-दुर्घटना

धनुषामा बाँसघारीमा महिलाको शव फेला, हत्याको आशंका

इकागज |
असोज ४, २०७९ मगलवार २१:९ बजे

काठमाडौँ- धनुषाको बाँसघारीमा एक महिलाको शव फेला परेको छ । मिथिला विहारी नगरपालिका-५ बस्ने ४५ वर्षीया जिवछी देवी मण्डलको शव मंगलबार दिउँसो बाँसघारीमा भेटिएको प्रहरीले जनाएको छ ।

मण्डलको आफ्नै घर नजिकको बाँस झाडीमा उनको शव फेला परेको हो । उनको टाउकोमा केही प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । 


शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।


Author

थप समाचार
x