घटना-दुर्घटना

पौडी खेल्ने क्रममा बगाउँदा ३ बालकको मृत्यु, एक जनाको उद्धार

इकागज |
असोज ७, २०७९ शुक्रबार १९:५७ बजे

सांकेतिक तस्बिर

मकवानपुर- मकवानपुर जिल्ला हेटौंडा–५ न्युरेनीस्थित कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएका छन् । 

शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । 


पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान मृत भेटिएका हुन् ।

पौडी खेल्ने क्रममा खोलाले ४ जनालाई बगाएकोमा १२ वर्षीय रियान्स माझी भने पौडिएर बाहिर निस्केन सफल भएकाे जनाइएको छ । ३ जनाकै शव हेटौंडा अस्पताल ल्याइएको छ ।


Author

थप समाचार
x