घटना-दुर्घटना

कपिलवस्तुमा सवारी दुर्घटना : एकको मृत्यु, ३१ जना घाइते

इकागज |
असोज ८, २०७९ शनिबार २०:२६ बजे

कपिलवस्तु- कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक महिलाको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनामा घाइते ३१ जनामध्ये २० जनाको गोरुसिङ्गे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।


जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सीमामा शनिबार दिउँसो सवा ३ बजे घुम्तीमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए ।

काठमाडौँबाट दाङ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका हुन् ।


Author

थप समाचार
x