घटना-दुर्घटना

वाइरिङ गर्ने क्रममा लडेर मृत्यु

इकागज |
असोज १२, २०७९ बुधवार २१:४० बजे

चितवन- ईच्छाकामना गाउँपालिका ४ कुरिन्टार डाँडाटोलस्थित घनश्याम कठायतको कुरिन्टार रिट्री रेष्टुरेन्टमा वाईरिङ गर्ने क्रममा एक जनाकाे मृत्यु भएकाे छ ।

वाईरिङ गर्ने क्रममा करिब १२ फिट माथिबाट लडेर सिन्धुली मरिण गाउँपालिका ३ बस्ने २३ वर्षीय बुद्व लामाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


Author

थप समाचार
x