पिकअप भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

तनहुँ- पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी इन्दुमाया नेपालीको मृत्यु भएको हो । सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको सो भ्यानले ठक्कर दिँदा सख्त घाइते नेपालीको उपचारका क्रममा मृत्यु भएको हो जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया