घटना-दुर्घटना

धादिङ दुर्घटना : दुई जनाको सनाखत

इकागज |
असोज १५, २०७९ शनिवार १७:४७ बजे

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नंको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय  इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।


गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । 

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य छ । उनीहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । 


Author

थप समाचार
x