घटना-दुर्घटना

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

इकागज |
असोज १५, २०७९ शनिवार २१:१० बजे

मकवानपुर- मकवानपुरको हेटौंडा १५ र बारा जिल्लाको सिमाना चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८, रमौली बस्ने २४ वर्षीय रमाकान्त दास थारु मृत्यु भएको हाे ।

त्रिभुवन राजपथ अन्तर्गत बाराको जितपुरसिमरा-२२ चुरियामाई मन्दिर ओरालोमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थल मै ज्यान गएको र केही यात्रु घाइते रहेको प्रहरीले जनाएको छ । 


हेटौंडाबाट विरगंजका लागि छुटेको ना ७ ख ३६३९ नम्बरको बस दुर्घटना हुँदा बसका कन्डक्टरको ज्यान गएको बुझिएको छ । मृतकको सनाखत हुन सकेकाे छैन । घटनामा घाइते भएकाको उद्धार गरी उपचारका लागि हेटौंडा ल्याएको छ । बस चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।

 


Author

थप समाचार
x