घटना-दुर्घटना

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
असोज ३१, २०७९ सोमबार २१:३२ बजे

काठमाडौँ- झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक  झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला र छोरी  प्रशना भुजेल घाइते भएकामा बीएण्डसी अस्पतालमा उपचारका क्रममा दुवै मोटरसाइकल चालकहरूको मृत्यु भएको हो ।


घाइते दुई जनाको अहिले बीएण्डसीबाट बिर्तामोड सिटी अस्पतालमा पठाइएको छ ।


Author

थप समाचार
x