घटना-दुर्घटना

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, ४ जनाको मृत्यु

इकागज |
कात्तिक २, २०७९ बुधबार १४:५७ बजे

ताप्लेजुङ । ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ चाप्लिङ खोल्सामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही गाउँपालिका–५ का ३१ वर्षीय पासाङ शेर्पा, ट्रयाक्टरमा सवार २४ वर्षीय फुर्वा शेर्पा, १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया सर्मिला शेर्पा रहेका छन् । 


गएराति साढे १२ बजे तेलाबुङबाट काम्साङतर्फ फर्किने क्रममा अल्फाबेट नखुलेको ५६५५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।


Author

थप समाचार
x