घटना-दुर्घटना

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

इकागज |
कात्तिक २, २०७९ बुधबार १६:५३ बजे

कैलाली । बझाङको मस्टा गाउँपालिका चिउरीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटना स्थलमा ४ जनाको शव फेला परेको हो ।

बुधबार दिउँसो करिब ४:१५ बजेतिर मष्टा गाउँपालिका ४ स्थित चिउरीमा जीप दुर्घटना भएको हो। मृतक र घाइतेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । जीप सडकबाट करिब २०० मिटर तल खसेको छ । घटनास्थलमा अहिले उद्दारको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।



Author

थप समाचार
x