घटना-दुर्घटना

बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

इकागज |
कात्तिक २, २०७९ बुधवार १७:१५ बजे

 कैलाली । बझाङको मस्टा गाउँपालिका चिउरीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ४ घाइते छन् ।

सुदूरप्रदेश प्रदेश ०४- ००१ च ०११७ नम्बरकाे जीप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।


बुधबार दिउँसो करिब ४:१५ बजेतिर मस्टा गाउँपालिका ४ स्थित चिउरीमा जीप दुर्घटना भएको हो । जीप बझाङ सदरमुकामबाट सुर्माको मेला भर्न जाँदै गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलकाअनुसार जीप सडकबाट करिब २०० मिटर तल खसेको छ । घटनास्थलमा अहिले उद्दारको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x