घटना-दुर्घटना

बझाङ दुर्घटना अपडेट : मृतकमध्ये ४ जनाकाे पहिचान खुल्याे

इकागज |
कात्तिक २, २०७९ बुधवार १८:५७ बजे

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मष्टा खेतकोटकी १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन्। बुधबार दिउँसो मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटनामा परेको थियो।


दुर्घटनामा ६ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) भोला बहादुर रावलले बताए । उनले सदरमुकाम चैनपुरबाट मष्टा जाँदै गरेको सु.प.प्र ०४-००१ च ११७ नम्बरको जिप दुर्घटना परेको बताए ।

दुर्घटनामा घाइते भएका १६ जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । जिप सडकबाट २ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।


Author

थप समाचार
x